प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा ३ मन्त्री थपिएका छन् भने उपप्रधानसँगै रक्षाको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेलको जिम्मेवारीको रक्षा मन्त्रालय खोसिएको छ ।

थपिएका तीन मन्त्रीमा विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय छन् । रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी भने पार्वत गुरुङलाई दिइएको छ । गुरूङ यसअघि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाे जिम्मेवारीमा थिए । उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालय सम्हाल्दै आएका ईश्वर पोखरेको जिम्मेवारी खोसेर प्रधानमन्त्रीले आफैंसँग राखेका छन् । उपप्रधानमन्त्रीमा यथावत् रहेका पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिइएको छ ।
मन्त्रिपरिषद्  नियुक्त, हेरफेरमा यसअघिको मन्त्रीलाई भने  निरन्तरता दिइएको छ ।  अहिले बहालवाला मन्त्री हटाएर पुनर्गठन गर्ने चर्चा चले पनि ओलीले सबैलाई निरन्तरता दिएर ३ मन्त्रालयमा मात्र मन्त्री थपेका हुन् । योसँगै ओलीको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । जसमा १ उपप्रधानमन्त्री, २० मन्त्री र  ३ राज्यमन्त्री छन् ।

नवनियुक्त तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा  उल्लेख छ । नव नियुक्त  मन्त्रीहरुलाई २०७७ असाेज २९ गते  विहीवार विहान ११ बजे  राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने कार्यक्रम तय भएकाे छ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

बाबुराम भट्टराईको आरोपको नेकपाद्वारा खण्डन

Read Next

मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाउने २९ हजार ४४७ करदाताको विवरण सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *