कोभिड–१९ पछीको आर्थिक संकट र अपेक्षा बिकास गिरी

सन् २०१९ डिसेम्बर महिनाको अन्तमा चीनको वुहान सहरमा प्रकट हुन आएको एक भाइरल रोगले वुहानबासीलाई आक्रान्त पार्दै गर्दा विश्व स्वास्थ संगठनले २०२० जनवरी दोश्रो हप्ताको सुरूवातमा मात्र यो रोगलाइ नोबल कोरोना भाइरस हो भन्ने तथ्य स्पस्ट पार्यो ।

संक्रमितका साथै मृत्यु हुनेहरुको संख्यासमेत बढ्दै जाँदा चीनले जल, स्थल तथा हवाई सम्पर्क बिच्छेद गर्दै व्यक्ति व्यक्तिबीचको सामाजिक दूरी कायमगरी रोगको प्रसार तथा फैलावट हुन नदिन लकडाउनको अमोघ अस्त्र प्रयोगमा ल्यायो । जसका कारण नोबेल कोरोना भाइरस चिनियाँ भुमिमा हालसम्म लगभग नियन्त्रणको अवस्थामा छ । चीनमा त नियन्त्रणमा आयो तर यसको फैलावट युरोप, अमेरिका क्षेत्रमा तिब्रताका साथ बढ्दै जादा अंटार्क्टिका बाहेक सबै महादेशका करीब दुई सय राष्ट्रहरुका १० लाख व्यक्तिहरु संक्रमित भइ लगभग ६४ हजारको ज्यान एस महामारीले लिई सकेको छ ।

नेपाल धेरै समय सम्म ग्रिनजोनमा रहेर पनि बिदेशबाट स्बदेश फर्केका मुख्यतः भारतबाट स्वदेश आएका संक्रमित व्यक्ति फेला पर्न थालेका कारण यस रोगको संक्रमण नियन्त्रणका खातिर सरकारले चिनियाँ मोडेलको लकडाउनलाई नै प्रयोगमा ल्याइसकेको छ । संक्रमितहरुको संख्या ६१८ पुगेको छ भने अखिलेसम्म मृत्युको मुखमा ३ जना संक्रमितहरु परीसकेकाका छन । यतिबेला लकडाउन ६३ औं दिनमा रहेकोले नेपाली जनजीवन भयभित, त्रसित तथा आतंकित छ । लकडाउनले जननिवन आक्रान्त छ र यो लकडाउनले व्यापार, उद्योग धन्दा, यातायात, पर्यटन, होटेल तथा अन्य सेवा एवं रेमिटेन्स लगायतका क्षेत्रमा यसको नकारात्मक झट्का हुनसक्ने कुरा भने निर्बिबाद नै छ । अर्थ विज्ञहरुले कोरोना भाइरसका कारण विश्वमा आर्थिक मन्दीको बादल मडारिइरहेको र अब हुने आर्थिक मन्दी एक सय वर्षयताकै उच्च हुने आंकलन गरेका छन, नेपालको उद्योग र पर्यटन क्षेत्र पनि धराशयी छन् र लकडाउनको लामो बन्दीले सम्पूर्ण निजी क्षेत्र थप धराशयी हुने निश्चित छ । अतः सरकारले यस क्षेत्रलाई टिकाउनका लागि राहतको ठोस प्याकेज निती तथा कार्यक्रममा आउन सकेन । आउँदो बजेटमा पनि राहतका ठोस प्याकेज घोषणा गर्नुपर्नेछ अन्यथा सरकारको असंवेदनशील रबैयाले नेपालका अधिकांश उद्योग असफलतातर्फ उन्मुख हुने हुन् कि भन्ने खतरा बढेको छ । कोरोनालाई महामारीको रुपमा मात्र हेरिनु हुँदैन । यो आर्थिक महासंकट नै हो । अर्थात, त्यस्तो संकट जसमा महामारी पनि मिसिएको छ । संकट, महामारी र महासंकटमा फरक छन् । संकट अर्थतन्त्रका मूलभूत समस्यासँग मात्र सम्बन्धित हुन्छ । सन् १९३० को दशकभरि आर्थिक संकट देखिएको थियो । त्यस बेला विश्वको अर्थतन्त्र कतिपय वर्षमा करिब १३ प्रतिशतले घटेकोे थियो । संकटले उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा बढाएर विश्व अर्थतन्त्र नै असन्तुलित भएको थियो, ठूलो संख्यामा मानिसले रोजगारी गुमाएका थिए, अर्थतन्त्रमा विभिन्न खालका समस्या उत्पन्न भएको थियो र विश्वमा उत्पादन घटेको थियो । सन् १९७० को दशकको शुरुमा तेलको मूल्यका कारण अर्थतन्त्रमा संकट आएको थियो भने सन १९९० को मध्यतिरबाट एशियामा वित्तीय संकट आएर अन्ततः विश्व अर्थतन्त्रलाई थोरै धक्का दिएको थियो । सन् २००७ तिरबाट अमेरिकामा सुरु भएको विश्व वित्तीय संकटले पनि विश्वको उत्पादनमा नकरात्मक असर पार्यो । तर अरु संकटभन्दा यो पछिल्लो संकटले विश्वको अर्थतन्त्रलाई नकरात्मक वृद्धिको अवस्थामा ल्यायो । अर्थतन्त्रमा देखिन सक्ने धेरै समस्या अपवादबाहेक विश्वका विकसित देशमा देखियो ।

अर्कातर्फ विश्वमा विभिन्न खालका भाइरसबाट रोग फैलिएको थियो । यसले धेरै मानिसको मृत्यु भएकाले यसलाई महामारी भनियो । ईवोला,स्वाईनफ्लू लगायत स्वास्थ्य समस्या विगतका २ दशकमै पनि पटक पटक देखिए । यस्ता महामारीले पनि केही देशको अर्थतन्त्रमा सामान्य नकारात्मक प्रभाव त पार्दथे नै तर विश्वअर्थतन्त्रमै उल्लेख्य प्रभाव पारेका थिएनन् । कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक प्रभाव छाड्ने त निश्चित नै छ । कुनै रोगका कारण विश्व अर्थतन्त्रमै नकारात्मक अवस्था देखिने सम्भावना छ, जुन अहिलेसम्म भएको थिएन । धेरे मानिसको ज्यान लिएको र लिने हुनाले यो महामारी त हो नै, यसले विश्वकै अर्थतन्त्रमा समेत संकट पनि ल्याउने हुनाले यो महासंकट पनि हो । यसले नागरिकको ज्यान लिने र देशको अर्थतन्त्रमा संकट ल्याउनाले यो विगतका संकट र महामारीभन्दा फरक छ, गम्भीर छ, र अझै चुनौतीपूर्ण पनि छ ।

विगतका समयमा विश्वमा देखिएका विभिन्न संकट र महामारीको नेपालमा खासै प्रभाव देखिँदैन । आन्तरिक समस्याका कारण नेपालको अर्थतन्त्रमा धेरै पटक नकारात्मक वृद्धि भएको साँचो हो तर विश्वमा देखिएका संकटका कारण अर्थतन्त्रमा समस्या थिएनन् । उदाहरणका लागि पछिल्लो पटक विश्व वित्तीय संकटका कारण सन् २००९ मा विश्व अर्थतन्त्रमा नकारात्मक संकेत बढिरहेका बेला नेपालको अर्थतन्त्र भने करिब ६ प्रतिशतका दरले वृद्धि भएको थियो । यसको कारण के हो भने नेपालको वित्तीय क्षेत्र विश्वको आर्थिक क्षेत्रसँग एकाकार भएको थिएन । अर्थात नेपालको अर्थतन्त्र विश्वको अर्थतन्त्रकै लयमा चल्ने अवस्था बनिसकेको थिएन, यद्यपि हाम्रो प्रयत्न यसतर्फ लालायित थियो र अहिले पनि छ । विश्वमा विभिन्न समयमा देखिएका महामारीको सन्दर्भमा पनि करिब यही नियम लागू हुन्छ । अर्थात् मानिसहरूको आवागमन नै पनि न्यून थियो र रोगको प्रकृति पनि कोरोनाको जस्तो जटिल थिएनन् । त्यसैले महामारी हाम्रा लागि उल्लेख्य चिन्ताको विषय पनि बनेन् र अर्थतन्त्र त त्यस्ता प्रभावबाट टाढै रहन्थ्यो ।

माथि उल्लेख गरिएजस्तै यो महामारी वा संकट मात्र होइन, महासंकट हो । रोगको प्रकृति पनि जटिल छ । सन् २००१ पछि नेपालीहरू ठूलो संख्यामा काम गरिरहेका विभिन्न देशमा यसको बाक्लो प्रकोप छ । विगतमा भन्दा हाम्रा व्यवसाय, आवतजावत र सम्बन्ध बाक्लिएका छन् । त्यसैले यो महासंकटको प्रभाव विगतका कुनै पनि संकट वा महामारीको भन्दा बढी हुने प्रष्ट छ, तर कति बढी ? भन्नका लागि जटिलता छन् । यसको प्रकोप जति लम्बियो त्यति यसले अर्थतन्त्रमा नकरात्मक प्रभाव त पार्ने छ नै, जनधनको क्षतिकम गर्नका लागि राज्यले विभिन्न ढङ्गबाट खर्चिनुपर्ने अवस्था विद्यमान् छ । सरकारको दायित्व बढ्ने, आयस्रोत र राष्ट्रिय उत्पादन घट्ने र पूँजीगतखर्च गर्न नसक्ने नकरात्मक प्रभाव हुन् जसले हाम्रो राष्ट्रिय उत्पादनमा गम्भीर असर पार्नेछ । तत्काल देख्न नसकिने तर दीर्घकालमा पार्ने प्रभाव पनि रहनेछन्, उदाहरणका लागि सरकारको आयको विशेष स्रोत बनेको विप्रेषणमा अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने छ नै, उसका सामू वैकल्पिक स्रोतको पहिचान गर्नुपर्ने बाध्यता देखिँदैछ । तर, फेरि पनि अहिलेसम्मका लक्षणलाई हेर्दा र यही स्तरको सतर्कता अपनाउन सक्दा अन्य विकसित देशहरूमा भन्दा कम नकरात्मक प्रभाव पर्ने अवस्था देखिन्छ । विगतमा भन्दा बढी असर किन पर्ने स्पष्ट छ भने यो महासंकट हो, र हामी पनि विगतमा भन्दा विभिन्न कारणले विश्वको आर्थिक जगतसँग बढी आवद्ध छौँ ।

अहिले त हामीभन्दा बढी हामीलाई सहयोग गर्ने विकसित देशहरू त्राहीमाम छन् । यस्तो अवस्थामा उनीहरूले गर्ने सहयोग पनि आउँदैन, त्यसैले गाह्रो हुन्छ भन्ने अवस्था पनि छ । तर हामीले सम्झिनुपर्ने कुरा के हो भने त्यत्रो महाभूकम्पको त्रासबाट गुज्रिएको वर्ष नै नाकाबन्दी जस्तो समस्या झेल्नुपर्दा पनि हामी अर्थतन्त्रको नकरात्मक वृद्धि गुज्रिएनौँ । हो, यहाँनेर हेक्का राख्नुपर्ने कुरा के छ भने त्यो बेला हामीलाई थेगेको विप्रेषणबाट आउने आयस्रोत यसपटक घट्नेमात्र छैन,कतिपय अवस्थामा त्यसको वचावका लागि खर्च गर्नुपर्ने अवस्थासमेत आउन सक्दछ । कोरोनाको समस्या थपिदै जाँदा भोलिका दिनमा हाम्रो अन्तर्रा्ष्ट्रिय आपूर्ति प्रणालीमा समस्या उत्पन्न भई मूल्य प्रणालीमा चाप परेर उच्च मुद्रा स्फीति आउन सक्दछ । यद्यपि हाम्रो आयातको ठूलो हिस्सा चीन र भारतबाटै हुने भएकोले आजको अवस्थामा धेरै आत्तिइहाल्नुपर्ने अवस्था देखिँदैन ।

अर्कातर्फ यही महसंकटका कारण हाम्रा थोरै भए पनि विकासनिर्माणका काम ठप्प जस्तै छन, त्यसैले पूँजीगत खर्च थप घट्न सक्नेछ । यसका कारण तरलताका समस्या थपिने छन् र यसले पनि मूल्य प्रणालीमा थप चाप सृजना गर्न सक्नेछ । यो कठिन समय विश्वव्यापी रुपमा लम्बिदै जाँदा हाम्रो ठूलो श्रम शक्ति विदेशबाट फर्किने वा उद्धार गरी फर्काउन पर्ने अवस्था आउन सक्दछ । विपतका बेला राज्यले चाहेर वा नचाहेरै पनि त्यस्तो अवस्था आएमा हामी उम्किन पाउँदैनौ । त्यो अवस्था हाम्रा लागि निकै चुनौतीपूर्ण हुनेछ । अर्कातर्फ फर्किएको श्रमशक्तिलाई कहाँ व्यस्त गराउने भन्ने समस्या भावी दिनमा थपिने छ । समय लम्बिदै जाँदा अस्पताल र यससँग सम्बन्धित पूर्वाधारमा हामीले निकै लगानी गर्नुपर्ने हुनसक्दछ, यो अवधिमै पनि निकै लगानी गरिसकेका छौं । यसमा अझै थप्नुपर्ने आवश्यकता छ । हाम्रो कृषिउपजलाई उद्योगसँग सीधै जोड्न नसक्दा उत्पादनले बजार नपाउने अनि उपभोक्ताले महङ्गो मूल्यमा पनि वस्तु नपाउने अवस्था छ । यो थप जटिल बन्न सक्दछ । अर्थतन्त्र चलायमान भएन भने यसमा जोखिम बढ्दछ । अर्थतन्त्र जति चलायमान भयो त्यति बलियो भएको मानिन्छ । लामो समयसम्म यसलाई स्थिर बनाउँदा सोँचेभन्दा बढी समस्या आउन सक्दछ । अतः थप समस्या आउन सक्दछ भनेर नै तयारी गर्नुपर्दछ, सतर्क हुनुपर्दछ ।

अहिले पर्यटन र यातायातसँग सम्वन्धित व्यावसायिक क्षेत्रहरू सबैभन्दा बढी प्रभावित छन् । यसका लागि अहिले हामी पर्खने र हेर्ने अवस्थामा छौं । समाजका आर्थिक रुपमा सिमान्तकृत वर्ग बढी पीडामा छ, यसका लागि स्थानीय सरकार र राजनीतिक दलका स्थानीय संगठन बढी जिम्मेवार बन्न सक्नुपर्दछ । आफ्नो र समाजको सुरक्षाकवजका रुपमा प्रस्तुत हुनुपर्दछ । स्वास्थ्यका पूर्वाधारमा लगानी गर्दा दीर्घकालीन महत्वलाई समेत विचार पुर्याउनु आवश्यक छ । हामीले सानाभन्दा साना व्यवसाय, कतिपय सन्दर्भमा अनौपचारिक पेशा पनि सामान्यशिक्षा, तालिम र नैतिक आचारसंहिता सिकाएर मात्र गर्न पाउने बनाउन सकिन्छ । चाहे त्यो एक साताको नै किन नहोस, त्यसले व्यवसायीमा नैतिकता र स्तरीयतामा ध्यान दिने प्रवृत्तिको विकास हुनेछ । यसले गर्दा सामग्रीको मिसावट, मूल्यअनुसारको सामान नहुने, सामान्य प्रक्रिया पनि पूरा नगरेको लगायतका विषयमा विश्वासनीय ढङ्गबाट नियन्त्रण गर्न सकिन्छ । यसो गर्न सकियो भने मात्र पनि हामी सबैको जीवनशैलीमा व्यापक सुधार हुनेछ ।

हामीले ध्यान दिनुपर्ने कुरा के छ भने महामारीले मानिस एक पटक मर्दछ तर भोकमरीले सधैं मरिरहन्छन् । यसको सार के हो भने अर्थतन्त्र चलायमान रहनु ज्यानको सुरक्षापछिको पहिलो शर्त हो । त्यसैले अहिलेकै अवस्था रहने र प्रकोप प्रभावितको संख्या नबढ्ने हो भने अन्तर्रा्ष्ट्रिय नाकालाई अझै नियन्त्रित गरेर आन्तरिक रुपमा निगरानीका साथ खुल्ला गर्न ढिलो गर्नु हुँदैन ।
अहिले समाज सचेत बनेको छ र यसको गति तीव्र छ । जनता शासन प्रणालीमा आफ्ना विचार र माग सुनियोस् भन्ने चाहन्छन् । स्वस्थ र अस्वस्थ सबै खालका प्रतिस्पर्धा हुने गरेका छन् । सरकार मात्र सक्रिय भएर पुग्दैन, आवश्यक सजगता अपनाएर समग्र पार्टी कमिटी र समाजका अगुवालाई समेत एउटै भावनाका साथ कसरी परिचालन गर्न सकिन्छ भन्नेतर्फ नेतृत्वकर्ताको ध्यान जानु आवश्यक छ । यसो गर्दा भावनात्मक एकता बलियो हुनेछ, सरकारको लोकप्रियता बढ्नेछ, समाज र पार्टीका नेताहरू स्थापित हुनेछन् र लोकतन्त्र बलियो हुनेछ ।

नेपाल सरकारले गरेको लकडाउन घोषणा स्वाभाविक थियो । तर, घोषणाअगावै गर्नुपर्ने पूर्वतयारी गर्न भने सरकार चुकेको थियो । कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण, पिपिई, स्वाब परीक्षण गर्ने उपकरण, यथोचित क्वारेन्टाइनको व्यवस्थापन र आइसोलेसन वार्डको निर्माण प्रत्येक जिल्लामा विभिन्न स्थानमा गर्नुपथ्र्याे । त्यस्तै लकडाउनपछि विभिन्न नाकाबाट आउने नेपालीका लागि उचित र सहज वातावरण बनाउनुपर्ने थियो । साथै दैनिक ज्यालादारीबाट आयआर्जन गर्ने नेपाली जनताका लागि कुनै न कुनै सम्बोधन गरिनुपर्ने थियो, जुन हुन सकेन । र अब त्यसको परीणाम गम्भिर हुन सक्ने अवस्था देखिदैछ । कोरोना भाइरसपछिको आर्थिक ह्रासबाट नेपालको सबैभन्दा ठूलो चुनौती खाडी मुलुक, भारत र दक्षिणपूर्वी एसियाली देशमा कार्यरत नेपालीको रोजगारीमा हुन सक्ने कटौती नै हो । अमेरीका, अष्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकहरुमा कार्यरत नेपालीको रोजगारीमा पनि कटौती हुने सुनिश्चित नै छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विपे्रषणमा कटौती हुँदा नेपाली अर्थतन्त्रमा अपूरणीय क्षति हुन सक्छ । जसबारे सरकारले पहिले नै सोच्नुपर्ने थियो, तर अझै पनि ढिला भइनसकेको हुँदा यसमा ध्यान दिनु आवश्यक छ ।

कोभिड–१९ को प्रकोप अझै विस्तारकै चरणमा रहेकाले अबको आर्थिक संकटको आयतन र समयावधि तत्काल आकलन गर्न नसकिने विज्ञहरूको भनाइ छ, यो वास्तवमै चिन्ताको समय हो । यतिबेला नेपालको पर्यटन क्षेत्र धराशाही छ । पर्यटन पर्यटनपछि उत्पादन र सेवा क्षेत्रमा नकारात्मक प्रभाव देखिन थालेको छ । तर, यसबीच चीन भने सहज दैनिकीमा फर्किरहेको समाचार प्रकाशमा आएका छन् । चीनले पछिल्ला दिनमा विभिन्न क्षेत्रमा लकडाउनको समाप्तिको घोषणा र कम मूल्यमा युरोपका अग्रणी कम्पनीको उल्लेखनीय सेयर किन्यो । अर्कोतर्फ कच्चा तेलको अन्तर्रा्ष्ट्रिय ह्रासले अमेरिकी तेल कम्पनीको सेयर ह्वात्तै खस्कियो ।
विज्ञले कोरोना भाइरसका कारण विश्वमा आर्थिक मन्दीको बादल मडारिइरहेको र अब हुने आर्थिक मन्दी सय वर्षयताकै उच्च हुने आकलन गरिरहेका छन् । पछिल्लो आर्थिक संकट सन् १९३० र २००८ मा भएको थियो । सन् १९३० को आर्थिक महासंकटको मूल कारण अत्यधिक उत्पादन, तरलताको अभाव, सेयर मूल्यमा अत्यधिक गिरावट तथा विश्वयुद्धको ऋण थियो भने सन् २००८ को मन्दी रियल स्टेटमा गैरजमानती ऋण हुनु मुख्य कारण थियो । यी दुवै आर्थिक संकटसँग जुध्न सबै राष्ट्रले ठूलो राशी आ–आफ्नो अर्थतन्त्रलाई सहज बनाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न घोाणा गरेका थिए । तत्पश्चात अर्थतन्त्र स्वाभाविक धारमा आउन सफल भयो । तर, कोभिड–१९ को प्रकोप अझै विस्तारकै चरणमा रहेकाले अबको आर्थिक संकटको आयतन र समयावधि तत्काल आकलन गर्न नसकिने विज्ञहरूको भनाइ छ । यो वास्तवमै चिन्ताको समय हो ।

नेपालको अर्थव्यवस्थाले कोभिड–१९ का कारण गम्भीर चुनौतीको सामना गर्नुपर्ने निश्चित छ । नेपाल सरकारले गत वर्ष सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ को घोषणा गर्दै व्यापक पूर्वतयारी गरेको थियो, तर पर्यटनका लागि उपयुक्त र अनुकूल मानिने फेब्रुअरी महिनाको प्रारम्भमै कोरोना भाइरसको प्रकोपले पर्यटकले धमाधम नेपाल यात्रा रद्द गर्न थाले । परिमाणस्वरूप सरकारले ‘भिजिट नेपाल २०२०’ को कार्यक्रम स्थगित गर्नुपर्ने भयो । अहिले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका रहेको सेवाक्षेत्र (पर्यटन, हवाई र यातायात) ठप्प हुन पुगेको छ । धेरैजसो उद्योगका कच्चापदार्थ चीनबाट अयात हुन्छ र सबै उद्योग कच्चापदार्थको अभावमा र लकडाउनका कारण बन्द छन् । मार्च प्रारम्भमा कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन सक्ने समाचारले अन्य क्षेत्र पनि प्रभावित भए । चैत ४ कतारको फ्लाइटबाट आएका नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको समाचार आयो । समाचारले देशभर सबैमा एकैसाथ खैलाबैला उत्पन्न गरायो । त्यसलगत्तै सरकारले नेपालभर लकडाउनको घोषणा र्गयो ।

नेपाल सरकारले गरेको लकडाउन घोषणा स्वाभाविक थियो, तर घोषणाअगावै गर्नुपर्ने पूर्वतयारीमा भने सरकार चुक्न पुगेको देखिन्छ । हामी कोरोना भाइरसको संक्रमणको उच्च जोखिमा छौँ र यसबीच सरकारले गर्नुपर्ने कामको दायित्व पनि अन्य वेलाको भन्दा पक्कै पनि उच्च छ । तर सरकार शुरुमा नै स्वास्थ्य उपकरण खरिद प्रकरणमा बिवादित बन्यो, संक्रमितको उपचार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरक्षा सामग्री बेलैमा उपलब्ध गराउनुपर्नेमा सरकार चुकेको छ । यसमा जति ढिला हुन्छ, त्यति नै हाम्रो यससँग लड्ने क्षमता कमजोर हुन्छ भन्ने हामीले बुझ्नुपर्नेछ । अहिलेपनि सरकार कन्ट्रयाक ट्रेसिङ्गमा चुकीरहेको अनुभुती हुँदैछ । यसका साथै अहिलेको विडम्बना के छ भने नेपालको निजी क्षेत्र पहिलेदेखि नै तरलताको अभाव, बढ्दो विनिमय दर, विद्युत्को बढी बिलिङ, बढ्दो उत्पादन लागतजस्ता अनेक समस्यासँग जुध्दै आइरहेको थियो । र, विश्वव्यापी देखिएको कोरोनाको प्रभावले यो क्षेत्र थप मारमा पर्ने निश्चित भइसक्दासमेत सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न र जोगाउनका लागि कुनै पनि आर्थिक प्याकेज ल्याउन सकेको छैन ।

अमेरिकालगायत अन्य विकसित राष्ट्रमा यो महामारीले ठूलो जनधनको क्षति गराइसकेको छ । कोरोना भाइरसको समाप्तिपछि सबैभन्दा नकारात्मक प्रभाव अर्थतन्त्र र रोजगारीमा पर्ने निश्चित छ । विश्वभरिका हवाई एजेन्सी, होटेल र रेस्टुराँ, मल, अटोमोबाइल कम्पनी, इलेक्ट्रोनिक्स उत्पादन कम्पनी, तेल र ग्यास कम्पनी, मनोरञ्जन उद्योग, यातायातमा अत्यधिक प्रतिकूल असर पर्नेछ । यी क्षेत्रका अधिकांश कर्मचारी र कामदारको रोजगारी गुम्ने सम्भावना छ । सबैभन्दा चिन्ताको विषय यो संख्या करोडौँमा पुग्न सक्छ र केही समयका लागि विश्व आर्थिक गतिविधि ठप्प हुन सक्छ । संसारभरिका मुलुकको कुल गार्हस्थ उत्पादन औसतमा १० प्रतिशतले घट्नेछ भने विकास दर दुईदेखि तीन प्रतिशत ह्रास हुने विज्ञको आकलन छ । परिणामस्वरूप विश्वव्यापीस्तरको ठूलो आर्थिक मन्दी हुने निश्चितप्रायः छ । तसर्थ विकसित राष्ट्रले आफ्नो जनता, निजी क्षेत्र, किसान र अन्य क्षेत्रलाई प्रोत्साहन गर्न ठूलो आर्थिक प्याकेज चरणबद्ध रूपमा घोषणा गरिरहेका छन् । अमेरिका, चीन, भारत, पाकिस्तान र बंगलादेशले क्रमशः २ हजार अर्ब डलर, ५०० अर्ब डलर, २३ अर्ब डलर, ३ अर्ब डलर र ६० करोड डलर आर्थिक प्याकेज घोषणा गरेका छन् । यो घोषणाले एउटा तथ्य के प्रस्ट्याएको छ भने आगामी केही महिना भयावहको स्थिति हुन सक्छ।

कोरोना भाइरसपछिको आर्थिक ह्रासमा सबैभन्दा ठूलो चुनौती नेपालको विप्रेषणमा हुने कटौती नै हो । यसले हाम्रो अर्थतन्त्रमा ज्यादै नकारात्मक परिणाम ल्याउन सक्छ । त्यस्तै अर्को ठूलो चुनौती हो– स्वास्थ्यसम्बन्धी उपकरण, कारोना भाइरस वा फोक्सोसँग सम्बन्धित औषधि, औषधिको कच्चा पदार्थ र खाद्यान्नको आपूर्ति । भारतलगायत अन्य मुलुकले औलोको उपचारमा प्रयोग हुने हाइड्रो–अक्सिक्लोरोक्वाई औषधिको निर्यातमा प्रतिबन्ध लगाइरहेका छन् । भेन्टिलेटरजस्ता अन्य आवश्यक उपकरणको आपूर्ति विश्व बजारमै सहज छैन । त्यस्तै भारतमा लकडाउनका कारण कृषिक्षेत्रमा प्रभाव परेसँगै यसले नेपालको आपूर्ति चेनलाई प्रभावित पार्दैन भनेर भन्न सकिँदैन ।तेस्रो चुनौती नेपालको अर्थतन्त्रलाई गतिशील बनाउनु हो । ध्वस्त भएका सेवामूलक क्षेत्र, कृषि, उत्पादनमूलक उद्योगको सम्बोधन तथा बेरोजगारीको समस्या, कच्चा पदार्थको सहज आपूर्ति अन्य आवश्यक वस्तुको आपूर्ति र आर्थिक सहयोग र सफ्ट ऋण जुटाउनु हो । कोभिड–१९ को महामारीले अधिकतम प्रभावित गरेको सेवामूलक र उत्पादनमूलक क्षेत्रलाई सबै राष्ट्रले विशेष आर्थिक राहत अघि सारेका छन् । त्यसको उद्देश्य उद्योग, हवाई सेवा प्रदायक र होटेलको प्रतिकूल अवस्थामा पनि नियमित उत्पादन र रोजगारी प्रदान गर्न सकोस् भन्ने नै हो । नेपालको उद्योग र पर्यटन क्षेत्र धराशयी छन् र लकडाउनको लामो समयावधिले सम्पूर्ण निजी क्षेत्र थप धराशयी हुने निश्चित नै छ । अतः सरकारले यस क्षेत्रलाई टिकाउनका लागि पनि ठोस राहत प्याकेज तुरुन्तै घोषणा गर्नुपर्नेछ । सरकारको असंवेदनशील रबैयाले नेपालका अधिकांश क्षेत्रका उद्योग थप असफलतातर्फ धकेलिने हुन् कि भन्ने चिन्ता बढेको छ । यी क्षेत्रले २० लाखभन्दा बढीलाई रोजगारी दिएका छन् । सेवा र उत्पादनमूलक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान झन्डै ६० प्रतिशतभन्दा बढी छ । राज्यले निजी क्षेत्रलाई राहतका लागि तत्कालै ऋण पुनर्विचार गर्ने वा ब्याजदर रेटमा राहत दिने, विद्युत् दर रेटमा राहत दिने, सफ्ट लोनको घोषणा गर्ने कदम उठाउनुपर्नेछ ।

त्यसअतिरिक्त अति आवश्यक वस्तु तथा अत्यावश्यक उत्पादनमा उपयोग हुने कच्चापदार्थमा महामारीसम्मका लागि भन्सार शुल्क कटौती दिने, तरलताको उपलब्धता गराउने, पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिदिने पनि उत्तिकै महत्वपूर्ण छन् । हजारौँ संख्यामा बन्दरगाह वा ट्रान्जिटमा रहेका मालसामान र कन्टेनरको जरिवाना पूर्ण मिनाहा र खाद्यान्नको अग्रिम आपूर्तिको पनि व्यवस्थापन गरिनु उपयोगी हुन्छ । यही कोरोना कहरका माध्यमबाट नेपाल रोग प्रतिरोधात्मक क्षमताले युक्त एक उत्कृस्ट जीवन शैली र प्राकृतिक खानपान भएको मुलुक हो भन्ने संदेश विश्व समुदायमा प्रसारित हुँदा जीवन शैली व्यस्थापनलाई अनुभव गर्न सकिने एक पर्यटकीय हब बन्न सक्ने प्रचुर सम्भावना देखा परेको छ । अन्यथा राष्ट्रको निजी क्षेत्रलगायत राष्ट्रिय अर्थतन्त्र लामो समयका लागि संकटमय हुन सक्छ ।

यति नै बेला भारत कोरोना महामारीको संकटमा गहिरिदै छ । तर खुल्ला बोर्डर दुबैका लागी यो महासंकटले दिएको सबैभन्दा ठूलो अवसर भनेको स्वास्थ्यप्रणाली राम्रो भनिएका देशहरूको अवस्था सबैका सामु छर्लङ्गसँग बुझ्न पाउनु हो । स्वास्थ्य र शिक्षामा आवश्यक लगानी हाम्रो जस्तो देश त के यूरोप र अमेरिकामै पनि नभएको स्पष्ट भएको छ । यसअनुसार हामीले पनि काम गर्न सक्दा भोलिका दिनमा सहजता हुनसक्दछ । अबको कामको केन्द्र शिक्षा, जनचेतना, स्वास्थ्य जस्ता कुरा बन्नुपर्दछ ।अर्को भनेको यस्ता अप्ठ्याराकै बीचमा नेपालको पर आश्रित अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याउनलाई विशेष योजना बनाएर लागिपर्नु हो । त्यस्तै अहिलेको समस्याबाटै पाठ सिकेर हामीले अनौपचारिक अर्थतन्त्रलाई व्यावहारिक तरिका अपनाएर औपचारिकमा रुपान्तरण गर्न सकिन्छ, र यता लाग्नुपर्दछ । अनौपचारिक अर्थतन्त्रले हामीलाई अहिलेको जस्तो अप्ठ्यारामा ठूलो सहयोग गरेको हुन्छ, त्यसैले करबाहेक अन्य गुणस्तर सुधारका उपाय अपनाएर त्यो अर्थतन्त्रको ठूलो हिस्सालाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ ।

नीति नै बनाएर न्यूनतम केही अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु आवश्यक छ । देश नै लाग्दा तरकारी, फलफूल, मासु, साबुन, सेनिटाइजर, कागजका सामग्री, सामान्य खालका औषधि, लत्ताकपडा, जडिबुटीबाट बन्ने उत्पादनमा आत्मनिर्भर बन्न सम्भव छ । यसो गर्दा यी सामग्री अन्तर्रा्ष्ट्रिय गुणस्तरको कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान जानु आवश्यक छ

हामीले अहिलेकै अवस्थामा महामारीलाई रोक्न सक्यौँ भने अहिलेको घाटा परिपूर्ति गर्नेगरी पर्यटन उद्योगको विकास गर्न सकिने छ । यसका लागि पनि मानसिक र योजनाका हिसाबले तयार रहन सक्दा हामी सही बाटामा अगाडि बढेको ठहरिने छ । पर्यटनमा निजीक्षेत्र र साना व्यवसायीहरू समेत सहभागी बनाउँदै मौलिक परम्पराको रुपमा विकास गर्ने तयारी आवश्यक छ । विदेशबाट फर्किएको जनशक्तिको ज्ञान र सीपलाई अधिकतम प्रयोग गरौँ । कृषिलाई खाद्यान्न आयात गर्नै नपर्ने गरी उत्साहित बनाऔँ र किसानलाई पनि प्रोत्साहित गरौं ।

हामीलाई फेरि पनि थाहा भयो कि स्वास्थ्य, सरसफाइ र दैनन्दिन नभई नहुने चिजबिजका लागि आयातमा आधारित हुँदा संकटले गहिरो छाप छाड्दछन् । त्यसैले नीति नै बनाएर न्यूनतम केही अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु आवश्यक छ । देश नै लाग्दा तरकारी, फलफूल, मासु, साबुन, सेनिटाइजर, कागजका सामग्री, सामान्य खालका औषधि, लत्ताकपडा, जडिबुटीबाट बन्ने उत्पादनमा आत्मनिर्भर बन्न सम्भव छ । यसो गर्दा यी सामग्री अन्तर्रा्ष्ट्रिय गुणस्तरको कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान जानु आवश्यक छ । अर्थात चुनौतीले ल्याउन सक्ने अवसरका रुपमा यी कुरालाई हेर्न सकिन्छ तर हामीले अप्ठ्यारोबाट जोगिएपछि कसरी अर्थतन्त्रलाई माथि उकास्न सकिन्छ र भावी संकटको समेत मुकाबिला गर्न सक्ने गरी विकास गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट प्रेरित भएर रणनीति बनाउनु आवश्यक छ । यसो गर्न सकियो भने यो साँचो अर्थमा हाम्रा लागि कालो बादलमा देखिने चाँदीको घेरा सावित हुनेछ ।
खतराका रुपमा रहिरहेका छन भन्ने दुबै देशले बेलैमा महसुश गर्नु पर्दछ । पक्कैपनि नेपाल–भारत सम्बन्ध ऐतिहासिक छ । यसका धेरै आयामहरु छन । धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक र आर्थिक त्यसका अलावा नेपाल र भारत हिन्दु, बौद्ध संस्कृति र सभ्यताका प्रतीक राष्ट्रहरू हुन । यसलाई कसैले पनि नकार्न सक्दैन । तर नेपाल भारतबिचको खुल्ला बोर्डरले अपराध गरेको अर्को देशमा छिप्ने गरेको समस्या कोभिड–१९ को महामारीको संकट पनि थप्ने देखिन्छ । तसर्थ खुल्ला बोर्डरलाई तारबार लगाउने तर्फ गम्भिरतापूर्वक खुल्ला बहस र छलफल गर्न अत्याबश्यक भएको छ । यो युगिन जिम्मेवारी ् पूरा गर्न नेपाल सरकारले दृढ इच्छाशक्ति देखायो भने सिमामा तारबार लाग्नेछ जसले कोभिड–१९ को नियँत्रणमा त महत्वपूर्ण योगदान हुन्छ नै नेपाल र भारतको सम्बन्ध सुमधुर र सुदृढ त हुन्छ नै, उक्त कदम नेपालकै आर्थिक बिकासमा समेत कामयाबी हुनेछ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

काठमाडौंमा क्यान इन्फोटेक फागुन २ देखि ७ सम्म

Read Next

ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *