ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नु भएको छ ।

सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गर्नु भएको छ ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै सुरक्षित रहेर पर्व मनाउने उनले विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको शुभकामाना सन्देशमा उल्लेख गर्नु भएको छ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

कोभिड–१९ पछीको आर्थिक संकट र अपेक्षा बिकास गिरी

Read Next

ओलि नेतृत्वको सरकारले ऐतिहासिक जिम्मेवारी बहन गर्ने कार्यको शुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *