गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

माघ १४, काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दिनुभयो ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । गायिका आस्थाविरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिनुभएपछि उहाँ बिरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो । आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित हुनुभएको थियो । सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकोमा मंगलबार चार हजार रुपियाँ धरौटीमा रिहा गर्ने अनुमती दिएको हो ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

भूजडित राष्ट्र बनाउन सफल प्रधानमन्त्री कसरी देशविरोधी हुनसक्छ ?

Read Next

मिडिया काउन्सिल विधेयक विधायन समितिबाट पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *