२०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उहाँ २०५१ सालदेखि नेकपा ‘माओवादी’ मा आवद्ध हुनुभएको थियो ।

उहाँले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य रहनुभएको थियो । उहाँ २०७४ सालमा माओवादी स्थायी समिति सदस्य हुनुका साथै २०७५ मा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’मा स्थायी समिति सदस्य बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्य निवार्चित हुनुभएको थियो