बिएण्डसी का सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

२ माघ, काठमाडौं – २० करोड घुस मागेको भनेर आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा । श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हाल्नु भएको थियो । अदालतले सोही मुद्दमा प्रसाइँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी उनलाई समात्न घरमै पुगेको थियो। तर, उनी फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेका प्रसाइँलाई खोज्न प्रहरी लागिपरेको छ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

सम्पादकहरुको मुटुबारे प्रधानमन्त्री ओलिले के भन्नु भएको थियो ?

Read Next

चार जनाले त्रिशूलीमा हाम फाले, एक जनाको जिवितै उद्दार

Leave a Reply

Your email address will not be published. Required fields are marked *