म्यान्चेष्टर सिटी र लेष्टर सिटी एफ ए कपको चौथो चरणमा

पौष २०, काठमाडौं- म्यान्चेष्टर सिटी र लेष्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले चौथो डिभिजनको क्लब पोर्ट भेलमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो । सिटिको जितमा अलेक्साण्डर जिन्चेन्को, सर्जिओ अगुइरो, हारवुड वेलिस र फि फोडेनले गोल गरे । इत्तिहाद रङ्गशालामा सम्पन्न खेलको १९ औं मिनेटमा अलेक्साण्डर जिन्चेन्कोको गोलबाट सिटीले अग्रता लिन सफल भयो । ३५ औं मिनेटमा टोम पोपेले गोल फर्काउदा पोर्ट भेल खेलमा वापसी गरेको थियो । ४२ औं मिनेटमा सर्जिओ अगुइरोले गोल गर्दा सिटीले खेलमा २–१ को अग्रता लियो । हारवुडले ५८ औं मिनेटमा गोल गर्दा सिटीले अग्रतालाई ३–१ बनायो । ७६ औं मिनेटमा फि फोडेनले गोल थप्दा सिटी ४–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भएको छ । -एजेन्सिहरुको सहयोगमा

0 Reviews

Write a Review

adminbikash

Read Previous

१२२ चिनियाँ अध्यागमन कसुरमा पुन थुनामा

Read Next

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे मङ्गलबार मतदान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *