भोट माग्न घर-घर पुगेका उमेद्वारको आखा नपुगेको पिडित देवी

भरतपुर महानगरपालिका-१६ मा उपनिर्वाचन हुदै छ। उपनिर्वाचनका लागि ५ जनाले ५ वटा पार्टीबाट उमेद्वारी दर्ता गराएका छन्। सबैजना आ-आफ्नो चुनावी एजेन्डा सहित भोट मग्न व्यस्थ छन्। तर त्यसै वडामा रहेको मृगौला पिडित देवि भुजेल भने  जीवन मरणको विचमा छिन। तर त्यो कुनै पनि पार्टीलाई र उमेद्वारलाई भने वास्ता छैन।

उनि भन्छिन मलाई एकपटक जीवन दान दिनुहोस् म मेरो छोराको भविष्यको लागि बाच्न चाहान्छु। मेरो ६ वर्षको बच्चा छ, मलाई नै केहि भयो भने मेरो छोरालाई कसले हेर्छ।

आज भन्दा ३ वर्ष पहिला शारीरिक रुपमा आफुलाई जोरो आएर अश्वस्थ भएको महसुस भएपछी औषधि उपचार गर्ने क्रम मा आफ्नो शरीरमा सो समस्या देखिएको थाहपाएको बिरामीले बताएका छन्। दैनिकी जोहो जेनतेन गरेर गुजारा चलाई रहेको यो भुजेल परिवारलाई अहिले ठुलै बज्रपात परेको छ। दैनिकीको जोहो गर्न समेत मुस्किल भैरहेको र त्यसमाथि उपचारका लागि चाहिने लाखौँ रुपैयाँ जुटाउन पर्ने हुनाले औषधि उपचार समेत गर्न धौधौ भइरहेको उनीहरु बताउछन। उनीहरु भन्छन परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले आर्थिक समस्याले सताएको छ।

उस्तै परे १ हप्ता ७ दिन नै हस्पिटल मै बस्नु पर्छ, हप्तामा ३/४ पटक डाइलाइसिस् गर्नुपर्छ। एउटा मृगौला नै किनेर औसधि गर्ने पैसा सक्किसक्यो। भएको ३ कठ्ठा जग्गा पनि औषधि गर्न बेचेर सकियो माइतीमा रहेको १२ धुर घर घडेरी पनि औसधि गर्न बैंकमा राखेर ऋण झिकीएको उनीहरु बताउछन।

बैंकबाट लिगेको ऋण तिर्न नसक्दा घरवास उठ्ने बेला भैसक्यो।’ आर्थिक अभावले उपचारमा कठिनाइ भैरहेको छ। अस्ति उपचार गर्न हस्पिटल जाने बेला पैसा नभएर बाकि भएको एउटा मोबाईल पनि बेचेर औषधि गरे तर अझ सन्चो भएको छैन घर दैलोको लागि भोट माग्न नेताहरु घर घरमा आएका छन् तर कसैले वास्ता गर्दैनन्। हुन त कुनै दिन पार्टीको झण्डा बोकेर हिडिन त्यसैले होला तर पनि सामजवाद को कुरागर्दै हिड्ने ति नेताहरुले सहयोग गर्छन् कि भन्ने आस थियो तर आज सम्म गरेनन झुटो समाजवादको कुरा गरेको सुन्दा नि आज भोलि त भक्कानो छुटेर आउछ। भन्छिन पिडित देवी भुजेल।

स्थानीयले त केहि रकम सहयोग गरेका थिए  त्यो सहयोग पनि उपचार गर्दा गर्दै सकिएकोले अबको आशा अरु केहि नभएको बताउनु हुन्छ अहिले त मुटुमा समेत समस्या थपिएको छ झन् अब हाम्रो केहि गर्ने उपाय नै छैन सक्नुहुन्छ भने मेरो छोरी बचाइदिनुस भन्दै बिरमिकी आमा धुरु धुरु रुनुभयो।

यदि देवी भुजेललाई सहयोग गर्न चाहनुहुन्छ भने उहालाई ९८६७०६७६२४ मा सम्पर्क गर्न सक्नुहुनेछ। भने हामीलाई पनि सम्पर्क गरि सहयोग गर्न सकिन्छ मोबाइल न. ९८६५०५१३८९

adminbikash

Read Next

नागढुंगा–नौबीसे सुरुङमार्गको सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *